दफा ८
सञ्चालक समितिको गठन र सञ्चालकहरूको कार्य अवधि
: (१) सञ्चालक मिति (यसपछि “समिति” भनिएको) मा देहाय बमोजिमका पाँचजना सञ्चालकहरू रहनेछन्ः-
(क) संस्थानको महाप्रबन्धक,
(ख) गैर सरकारी शेयर होल्डरहरू मध्येबाट साधारण सभाद्वारा निर्वाचित एकजना,
(ग) सरकारी शेयर वापत नेपाल सरकारले मनोनयन गरेको एकजना,
(घ) पत्रकारिता प्रकाशन वा साहित्य क्षेत्रमा ख्याति प्राप्त व्यक्तिमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एकजना,
(ङ) संस्थानमा काम गर्ने शेयर होल्डर कर्मचारी मध्येबाट निर्वाचित एकजना ।
(२) साधारण सभाद्वारा निर्वाचित हुने व्यवस्था नभएसम्म वा उपदफा (१) को खण्ड (ङ) अन्तर्गत शेयरवाला कर्मचारी मध्येबाट निर्वाचित हुने व्यवस्था नभएसम्म शेयर
होल्डरबाट निर्वाचित हुने सञ्चालक पनि नेपाल सरकारबाट मनोनीत हुनेछ ।
(३) समितिको अध्यक्ष नेपाल सरकारले तोक्नेछ र त्यसरी अध्यक्ष नतोकेकोमा समितिको अध्यक्षता संस्थानको महाप्रबन्धकले गर्नेछ ।
(३क) खण्ड (ख), (ग), (घ) र (ङ) अन्तर्गत निर्वाचित वा मनोनीत सञ्चालकहरूको कार्यावधि चार वर्षको हुनेछ र कार्यावधि सकिएपछि निजहरू पुन
निर्वाचित वा मनोनीत हुन सक्नेछन्।
(४) उपदफा (३क) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (ग) र (घ) अन्तर्गत मनोनीत सञ्चालकको कार्यावधि पूरा नहुँदै निजको सट्टा
नेपाल सरकारले अरू कुनै व्यक्तिलाई मनोनयन गर्न सक्नेछ ।
(५) साधारण सभाबाट संस्थानका कर्मचारीहरूबाट सञ्चालकको निर्वाचन भै कार्यभार सम्हालेपछि तिनका हकमा नेपाल सरकारबाट मनोनीत सञ्चालकहरू स्वतःखारेज हुनेछ ।
(६) … … …